नियम ६१
आफ्नो खर्चमा उपचार गराउने
कुनै थुनुवा वा कैदीले आफ्नै खर्चमा चिकित्सा गराउन चाहेमा निजले वा निजको नजिकका नातादार वा मित्रले लिखित दरखास्त जेलरकहा“ पेश गर्नु पर्दछ । त्यस्तो दरखास्तमा निजले सरकारीया चिकित्सकबाट नगरी अन्य चिकित्सकबाट उपचार गराउन चाहेको कारण स्पष्ट उल्लेख गर्नु पर्दछ ।
उपचार गर्ने चिकित्सकको नाम, थर, वतन र योग्यता समेत दरखास्तमा उल्लेख भएको हुनु पर्दछ । उपचार गर्ने चिकित्सक वा कारण मुनासिव नदेखिएमा जेलरले त्यस्तो अनुरोधलाई स्थानीय प्रमुख जिल्ला अधिकारी कहा“ जाहेर गर्नु पर्दछ ।